२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

अ+ अ-

रत्ननगर । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव रामहरि ढकालले बताए । भरतपुर–७ को कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल खेलाइने छ । प्रतियोगिता अवधिभर लिग चरणका ३६ सहित सेमिफाइनल र फाइलन गरी जम्मा ३९ वटा खेल खेलाइने भएको छ ।

प्रतियोगितामा पहिलो हुन टोलीले रु एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो तथा चौथो हुनेले रु २५/२५ हजार सहित ट्रफी पदक र प्रमाणपत्र पाउने सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द म्याच’ घोषणा गर्दै रु एक हजार, प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बुट, सर्वोत्कृष्ट गोल रक्षकलाई रु पाँच हजारसहित गोल्डेन ग्लोब्स तथा सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बल प्रदान गरिने उनको भनाइ थियो ।

प्रतियोगिता सम्पन्न गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको र प्रतियोगिताको अन्तिम चरणको खेल माघ ८ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस