ताराखोला सिले गाउँका घरघरमा खानेपानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताराखोला सिले गाउँका घरघरमा खानेपानी


१९ पुस २०७८, सोमबार


गलकोट । जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए ।

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन् ।

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताइन् । उनले पुरानो धारा जीर्ण भएको र उक्त धाराबाट १०÷१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गरिन् ।

सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको जानकारी दिए।

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिए । सो आयोजना ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको रु छ लाख र समुदायको रु एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको होे । सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस