२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता- महामन्त्री शर्मा

अ+ अ-

गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नुभएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए ।

हाम्रो व्यवस्था ठिक रहेको अवस्थामा व्यवहार पनि ठिक हुनुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक संस्कृतिको विकास अहिलेका आवश्यकता भएको बताए । व्यवहार गतल भएकाको दोष व्यवस्थाको टाउकोमा बोकाउन नहुने उल्लेख गर्दै महामन्त्री शर्माले संविधानमा नै उल्लिखित विषयका माध्यमबाट धेरै राम्रो गरेर जान सकिने बताए । प्रतिस्पर्धी दललाई पनि सुधारेर लैजानुपर्ने उनको भनाइ थियो ।

हिजोभन्दा आजका बोल्ने र सोच्ने विषय गुणात्मक हुनुपर्नेमा जोड दिँदै उनले महामन्त्रीका रूपमा निर्वाचित भइसकेपछि आम कार्यकर्ताको भावनाअनुरूप बोल्नभन्दा पनि काममा लाग्ने विश्वास व्यक्त गरे ।

आफू महामन्त्रीको उम्मेदवार बन्दै गर्दा उमेरले नभई एजेन्डाका आधारमा देश चल्नुपर्ने कुरालाई आत्मसात गरी एक, दुई, तीन र चारको सिद्धान्तलाई अघि सारेको उनले बताए । आफूले देशमा राजनीतिलाई सुधार गर्दै लैजानका लागि कोही पनि एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाइने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने गरी व्यवस्था गर्ने प्रस्ताव अघि सारेको बताए ।

समाजमा प्रत्येकले आशा र भरोसा गर्ने कांग्रेस वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले प्रत्येक कांग्रेसी कार्यकर्ताको चरित्र तथा उसको भूमिकालाई आमजनमानसले विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए ।

पार्टीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै महामन्त्री शर्माले पार्टीका प्रत्येक एकाइले नियमित आर्थिक पारदर्शिता राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेसमा लामो समयसम्म योगदान गरेका ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विपीले तत्कालीन समयमा अघि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरु बराल, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, कांग्रेस नेता खेमराज पौडेललगायतले मेलमिलाप दिवसको सान्दर्भिकताका बारेमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस