पाकिस्तानको पन्जाबमा २४ घण्टामा १ हजारभन्दा बढी सडक दुर्घटना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानको पन्जाबमा २४ घण्टामा १ हजारभन्दा बढी सडक दुर्घटना


१३ पुस २०७८, मंगलबार


लाहोर । पाकिस्तानको पन्जाब प्रान्तमा विगत २४ घण्टामा १,००० भन्दा बढी सडक दुर्घटनाहरू भएका छन् जसमा कम्तीमा ११ जनाको ज्यान गएको छ भने १०१६ घाइते भएका स्थानीय मिडियाले सोमबार उल्लेख गरेका छन् ।

द न्युज इन्टरनेशनलका अनुसार घाइतेमध्ये ५ सय ७६ जना गम्भीर घाइते भएका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थलमा ४ सय ४० सामान्य घाइतेको उपचार भएको छ । स्रोतकाअनुसार यी सडक दुर्घटनामा ४२५ चालक, ४६ नाबालिग चालक, १३६ पैदलयात्री र ४६६ यात्रु रहेको जनाइएको छ ।

हालै पाकिस्तानको ठुलो भागमा विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो छ जसले सडक दुर्घटनाहरू बढेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस