२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर कलहका कारण वामपन्थी विभाजित हुनु दुःखद : महासचिव पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भए पनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए ।

उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चात्ताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए ।

‘राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ’, महासचिव पोखरेलले भने, ‘जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्क्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।’

माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदयात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनः संरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताए ।

उनले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताए । उनले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेको समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गरे।

महासचिव पोखरेलले महाधिवेशनबाट अध्यक्ष प्रचण्डलाई पुनः नेतृत्वमा आउने स्थिति देखिएकाले उनलाई सफलता हासिल गर्ने शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहोस