२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

अ+ अ-

चरीकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ ।

कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।

हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ । कालिञ्चोकमा काठमाडौँ तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन् । यो वर्ष वर्षायाम ढिला गरी सुरु भएको र बाक्लो मात्रामा हिमपात नभएका कारण जिल्लामा अन्य वर्षको तुलनामा पर्यटक नभित्रिएको चरिकोटका व्यवसायी कुइराङ रुम्वाले बताए ।

एकै दिनमा कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगि हिउँ खेल्न तथा कालिञ्चोक मन्दिरको दर्शन गर्न सकिने भएका कारण पर्याटकको अकर्षण बढेको छ भने पर्याटकको आगमणसँगै कोभिडका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय राम्रोसँग सञ्चालन हुने भएपछि कालिञ्चोक क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खेलिने सहासिक खेल स्की खेल्नका लागि पर्यटक पुग्ने गरेका छन् ।