२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका

अ+ अ-

कञ्चनपुर । वातावरण सन्तुलन राख्न मद्दत पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ ।

परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्‍याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।

विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाशसँगै स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी रोगको सङ्क्रमण बढ्दो रुपमा रहेकाले त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर वायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पुर्‍याउने कार्यलाई निरन्तर रुपमा अगाडि बढाइँदै आएको नगरपालिकाको ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए।

‘वायोग्याससहित शौचालय निर्माण गर्नेलाई रु ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौँ’, उनले भने । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ वायोग्यास प्लान्ट निर्माण भइसकेका छन् ।

चालू आवमासमेत २० भन्दा बढी वायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर वायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ वटै वडाका २५० घरधुरीलाई सुधारिएको चुलोसमेत वितरण गरिएको छ ।

सुधारिएको चुलोका लागि ८० प्रतिशत रकम सङ्घीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् ।

सौर्य बत्तीका लागि लाग्ने सबै खर्च नगरपालिकाले व्यहोरेको छ । सर्वसाधारणलाई सडक क्षेत्रमा हिँडडुल गर्न सहजताका लागि सौर्य बत्ती जडान गरिएको बताइएको छ । सौर्य सडक बत्तीका लागि मात्रै आव २०७७/७८ मा रु २५ लाख रकम खर्च गरिएको छ । विद्युतीकरण भएका वडा नं ४, ११, १०, ९, ५, ७, ८ र ६ मा सेन्सरयुक्त सडक बत्तीसमेत जडान गरिएका छन् ।

नगरपालिकाका भौगोलिक रुपमा विकट ग्रामीण क्षेत्रमा रहेका बस्तीमा वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो, सौर्य ऊर्जा, वायोग्यास, सोलार सिँचाइ, सोलार खानेपानी र सोलार पम्पिङ जस्ता कार्यक्रमलाई प्रवर्द्धन गर्नका लागि लक्षित समुदायलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिने कार्यसमेत हुँदै आएका छन् ।

‘स्वास्थ्य स्वयंसेविका, किसान समूह, आमा समूह, महिला शिक्षक, माध्यमिक तहका विद्यार्थीलाई ऊर्जा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिने कार्यसमेत गर्दै आएका छौँ’, नगर प्रवक्ता कमल गिरीले भनिन्, ‘जसबाट वैकल्पिक ऊर्जाको महत्त्व स्थानीय बासिन्दाले बुझेर प्रयोगमा ल्याउन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस