बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी


५ पुस २०७८, सोमबार


काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटी मण्डपमा हाल सञ्चालनमा रहेको बजार व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी छन् ।

आज यहाँ काठमाडौँ निम्न व्यपारी सङ्घको २७ औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री रेग्मीले वैज्ञानिकरूपमै व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भनिन्, ‘यो बजार मध्यमवर्गीय परिवारको लागि उत्कृष्ट हुन सक्छ, यसको सही व्यवस्थापन आवश्यक छ, यो तत्काल गर्नुपर्छ ।’

कार्यक्रममा कामपा–२८ का वडाध्यक्ष भाइराम खड्गीले समाजकल्याण परिषद्ले लामो समय हुँदासम्म बजारको व्यवस्थापनका काम नगरेकाले त्यसको जिम्मा अब वडालाई दिनुपर्ने बताए। सोही अवसरमा सङ्घका अध्यक्ष गोविन्दकुमार पौडेलले बजार व्यवस्थापनका लागि केन्द्र सरकारबाट बजेट विनियोजन हुने गरेको भए पनि काम भने अघि बढ्न नसकेको गुनासो गरे ।

विसं २०४९ बाट सुरु भएको उक्त स्थानमा हाल एक हजार ३६५ व्यापारिक कक्ष र १५ हजार व्यापारी आवद्ध रहेका आयोजक संस्थाले जानकारी गराएको छ । केन्द्र सरकारले जिम्मा लिएर बजारको थप व्यवस्थापको कार्य गरे वैज्ञानिक भाडादर बुझाउन आफू तयार रहेको अध्यक्ष पौडेलको धारणाको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस