२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या

अ+ अ-

वीरगन्ज । वीरगन्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् ।

सुख्खा बन्दरगाह विस्तारका लागि वीरगन्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय बितिसक्दा पनि हालसम्म स्थानीयवासीले मुआब्जा पाउन नसक्दा समस्या भएको जग्गाधनीहरूको गुनासो छ ।

सुख्खा बन्दरगाह (ड्राइपोर्ट भन्सार) विस्तारका कूल ६२ बिघा क्षेत्र जग्गा अधिग्रहण गरिए पनि हालसम्म अधिकांश जग्गाधनीको मुआब्जाका आएको छैन । गत वर्ष पर्सा जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरणको काम सुरु गरिए पनि बढी जग्गा भएका र पहुँच भएकाले मात्रै मुआब्जा पाएको अधिकांश पीडितको गुनासो छ ।

अधिग्रहण गर्न खोजिएको क्षेत्र वीरगन्ज महानगरपालिका–२ सिर्सिया टोलमा करिब ६०० को हाराहारी घरपरिवार बसोबास गर्दै आएका थिए । उनीहरुमध्ये करिब १५ प्रतिशतले मात्रै मुआब्जा पाएका थिए तर बाँकी भने मुआब्जाका लागि सम्बन्धित निकाय धाइरहेका छन् ।

पाँच वर्षदेखि जग्गा अधिग्रहणको नाममा स्थानीयवासीको जग्गा सरकारले रोक्का गर्दा र मुआब्जा वितरणमा ढिलाइ गर्दा सिर्सियावासी मर्कामा परेका हुन् । मुआब्जा समयमा नपाउँदा अन्य ठाउँमा बसाइँसराइ र छोराछोरीको पढाइलेखाइका साथै विवाह गर्दा वा बिरामी पर्दा र अन्य कुनै पनि बेला अकस्मात् पैसा आवश्यक पर्दा कतैबाट सापटी समेत पाउन सकेका छैनन् ।

मुआब्जा नपाउँदा न्यून स्तरका परिवार बढी मर्कामा परेका छन् । सरकारले मुआब्जा वितरणमा ढिलाइ गर्दा आफूहरु यहाँबाट अन्यत्र जान पनि नसकेको र आवश्यक परेका बेला कसैले कर्जा पनि नदिने भएकाले झन् समस्या बढेको पीडितहरूको भनाइ छ ।

मुआब्जा वितरण गर्न यस अगावै सुख्खा बन्दरगाहले आवेदन सङ्कलन गरेपनि सोअनुरुप तत्काल कार्य सम्पादन नगरेका कारण मुआब्जा वितरणमा ढिलाइ भइरहेको उनीहरु बताउँछन् ।

गत वर्ष माघ ७ गते जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै ३० दिनभित्र अधिग्रहणमा परेका ९९९ जनालाई आवेदन बुझाउन भनेको थियो तर मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिमा निवेदन दिनुपर्नेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सारले मुआब्जाको निवेदन सङ्कलन गरी मालपोत कार्यालयमा फाइल पठाएको र भन्सारको नाममा पुर्जा बनेपछि मात्र जिल्ला प्रशासन कार्यालयलाई भुक्तानीको लागि पत्राचार गर्ने सर्तमा काम सुरु गरेको थियो ।

लालपुर्जा बनेको एक वर्ष बित्न लाग्दा पनि स्थानीयवासीले मुआब्जा पाउन सकेका छैनन् । सुख्खा बन्दरगाहको नाममा पुर्जा बनेपछि जिप्रकामार्फत् करिब डेढ अर्ब रकम मुआब्जा वितरण गरिए पनि त्यो केही सीमित व्यक्तिले मात्रै पाएका थिए ।

त्यस बेला आन्दोलनका अगुवा, राजनीतिक दलसँग आबद्ध एवं बढी जग्गा भएकाले मात्रै मुआब्जा पाएका थिए भने बाँकी कट्ठा एवं धुरमा जग्गा हुने गरिब र न्यून स्तरका परिवारले भने हालसम्म मुआब्जा पाउन नसकेका हुन् । बैसठ्ठी बिघाका लागि कम्तीमा रु छ/सात अर्ब आवश्यक पर्ने देखिएको छ ।

तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण उपसमितिले २०७६ सालमा १३ प्रकारको जग्गाको वर्गीकरण गर्दै कट्ठाको ४० देखि ६७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेपनि पर्याप्त बजेटको अभावमा मुआब्जा वितरण भएको थिएन ।

यसबारे वीरगन्जस्थित सुख्खा बन्दरगाह कार्यालयका प्रमुख डा. लालबहादुर खत्रीले केन्द्रबाट तत्कालका लागि रु एक अर्ब प्राप्त भएकाले उक्त रकम तत्कालै वितरण गरिने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस