२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका विभिन्न स्थानीय तहमा अझै विद्युत सेवा विस्तार हुन सकेन

अ+ अ-

डोटी । डोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौँदेखि अन्धकार भएका छन् ।

जिल्लाका कुल नौ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन। विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् । विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ ।

जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली बिस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

उनले भने, ‘स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ,राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ ।’ विद्युत्ले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत्लाईन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघु जलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए ।

उनले भने, ‘विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन ।’ त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताउनुभयो ।

उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । उनले भने, ‘टुडागाढ खोलाको विद्युत् सबै वडामा पुर्‍याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ ।’

त्यस्तै राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, ‘हामीसँग राष्ट्रिय विद्युत् प्रसारण लाइन पनि छैन, स्थानीय विद्युत् पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ ।’

जिल्लाका यी गाउँपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन् । सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका टावर घाम नलागेको अर्थात् पानी र कुहिरो लागेको दिन पूर्ण रुपमा बन्द हुने गरेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी लालबहादुर बिकले बताए । उनले भने,’विद्युत् नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि विच्छेद हुने गरेका छौँ, राति नेटवर्क आउँदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस