२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६५ घरमा ‘एक घर एक धारा’

अ+ अ-

गलकोट । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ ।

खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्याएको छ ।

अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताए । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुशीले दंग परेका छन् ।

उनीहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ–८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गोतमले जानकारी दिए ।

‘२०७३ सालबाट यहाँ २१ साना÷ठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पुर्याएका छौं’ उनले भने, ‘बहुवर्षे योजना अन्तर्गत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।’

हाल सम्म उक्त स्थानमा जम्मा १२ सामुदायिक धारा, अव्यवस्थित, असहज पानीको वितरण थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पुर्याउने काम भइरहेको छ ।

पैसठ्ठी घरमा धारा पुर्याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी बितरण गरिएको छ । ती घरमा मात्रै खानेपानी पुर्याउन २५ लाख खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस