२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षमा एक हजारभन्दा बढीको सवारी साधन दुर्घटनाबाट मृत्यु

अ+ अ-

विराटनगर । दिनप्रति दिन बढ्दै गएको सवारी साधन दुर्घटनाबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ ।

सडक अनुशासन तथा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आजदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो धारणा आएको हो ।

सो अवसरमा प्रदेश नं १का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिए ।

यस प्रदेशमा आव २०७५÷७६ मा ३१३, २०७६÷७७ मा ३३२, २०७७÷७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भन्दै उनले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताहअन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ भने ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले व्यवस्थित र सुरक्षित जीवनयापन गर्न अनुशासित भई सवारी नियम पालना गर्नुपर्नेमा जोड दिए । उनले दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिए ।

मन्त्री कार्कीले कोशी ब्यारेजदेखि मेचीसम्म र रानीदेखि धरानसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने योजना र विराटनगरको ट्राफिक व्यवस्थापनका लागि पुरानो गुद्रीमा स्मार्ट पार्किङ बनाउन केही समयपछि नै विराटनगरमा प्रदेशस्तरीय बसपार्क शिलान्यास गरिने जानकारी दिए ।

सामाजिक विकास मन्त्री जयराम यादवले मादकपदार्थ सेवनबाटै सबैभन्दा बढी सवारी दुर्घटना भइरहेकाले मानिसले नैतिक आचरण र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए ।

यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश नं १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी साधनको दुर्घटनाबाट पर्ने असरबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस