२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ मुलुकबाट आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

अ+ अ-

काठमाडौँ । अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ ।

विभागले आज एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।

“डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (सात दिन अनिवार्य होटेल क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने सक्रिय रहेको विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा शुक्रबार नै उक्त व्यवस्था लागू गरिएको तर कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) का अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगन गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

उक्त विषयमा सोमबार सीसीएमसीका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारीसहितको बैठक बस्ने भएकाले सोही बैठकको निर्णयका आधारमा अघि बढ्ने गरी हाललाई उक्त व्यवस्था स्थगन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस