काँग्रेस सहमहामन्त्रीमा देउवा समूहबाट भीष्मराज आङदेम्बे विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस सहमहामन्त्रीमा देउवा समूहबाट भीष्मराज आङदेम्बे विजयी


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत बिहीबार सकिएको मतगणनामा विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए ।

आङदेम्बे शेरबहादुर देउवा प्यानलका हुन् भने लामा शेखर कोइराला समूहबाट सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस