काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक मत परिणामदेखि नै गगन थापाले अग्रता कायम राखेका छन्।
दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । सुर आती गणनाबाटै अग्रतामा दोस्रो स्थानमा रहेका विश्वप्रकाशले एक हजार एक सय ९५ मत गणनामा चार सय ९० मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रकाश शरण महतले तीन सय ८९ मत पाएका छन्।
११९५ मतगणनामा
गगन कुमार थापा ७५६
विश्व प्रकाश शर्मा ४९०
प्रकाश शरण महत ३८९
प्रदीप पौडेल ३६९
मिनेन्द्र रिजाल २२३
राजाराम कार्की ३९
काँग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबिच प्रतिस्पर्धा छ।