१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक: गुरुङ

अ+ अ-

पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण संवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन् ।

हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागर गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

भूगोलविद् प्रा डा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताए । उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे ।

रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रस्टाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताए । उनले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औल्याए ।

सो अवसरमा कुलपति गुरुङले प्रकाश थापाद्वारा लिखित पुस्तक ‘लाङटाङदेखि लन्डन’सम्मको विमोचन गरेका थिए । उक्त पुस्तकबारे चर्चा गर्दै नेपाल पर्वतारोहण सङ्घ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई समेटेको र पुस्तक पढ्नेलाई घुम्न प्रेरित गर्ने बताए । लेखक थापाले हिमालसँग दश वर्षको अनुभव र २० वर्षको मेहनतबाट नेपालको भूभाग र हिमालको महत्त्वलाई पुस्तकमा उतारेको बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, वासु त्रिपाठी, सोफोका कोषाध्यक्ष लक्की कार्की, उपाध्यक्ष हरि त्रिपाठीलगायतले नेपालका चुचुराको प्रोफाइल तयार गरी प्राकृतिक र संस्कृति जोगाउन सके मात्रै दिगो पर्यटन सम्भव हुने धारणा राख्दै सरकारले पर्यटनमैत्री नीति ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस