मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन


२४ मंसिर २०७८, शुक्रबार


रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको र्‍यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए।

समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

‘महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु विडम्बना हो’, शेरचनले भने । उनले ७३औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस