२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहायता प्रदान

अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । यहाँ संयुक्त राष्ट्रसङ्घको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसङ्घीय साझेदार निकायहरुले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन् ।

सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले यस्तो सहयता प्राप्त गरेका हुन् ।

त्यसै गरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब २ लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेष गरी जाडो मौसमका लत्ताकपडा तथा खानाहरु प्राप्त गरेका छन् ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।

यी सामाग्रीहरुमा विशेष गरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ । यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठुलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ ।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थात् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।

यहाँ इरान र चीनले पनि यस्तो सामग्री पठाएका छन् । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत लगेका थिए ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस