२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

अ+ अ-

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी रु १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निकासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म रु ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

विश्वस्तरमै कोरोनाको सङ्क्रमण घट्दै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताए।

नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रु २६ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले रु ४३ अर्ब ६७ करोड २६ लाख राजश्व सङ्कलन गरेकामा चालु आवमा २६ अर्ब ४४करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस