२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गरेका हुन् ।

प्रजापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एक मात्र स्थानीय तह रहेको दाबी गरे ।

नगरपालिकाले सामुदायिक शिक्षण संस्था खोलेर हजारौँ जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको उनले बताए ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै नगरवासीका लागि घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले यस नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्र मात्र नभई अहिले सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा रहेको चर्चा गरे ।

सो अवसरमा सभापति एवं भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चिकित्सकसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायतका स्वास्थ्य सेवा उपलब्ध हुने उल्लेख गर्दै स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबै स्थानीयवासीको सहयोग रहेको बताए ।

कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने बताए । नःपली सिर्जनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सिर्जना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाले पुर्याउने योगदानको बारेमा चर्चा गरे ।

कार्यक्रममा नवनिर्मित स्वास्थ्य सेवा केन्द्र भवनको साँचो निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमीले नगर प्रमुख प्रजापतिलाई हस्तान्तरण गरे भने प्रजापतिले सोही साँचो र स्वास्थ्य सामग्री सेवा केन्द्रका डा विभेद न्यौपानेलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस