२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिएका हुन् । समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ ।

यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिका सदस्यका रूपमा राखिएको छ । यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन् । कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो ।

प्रधानद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता प्रधानले आज शान्तिबाटिका रत्नापार्कमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । घोषणासभामा उनले संविधानको मर्म र भावनाअनुरुप सङ्घीयताको संस्थागत विकास गराउनका लागि आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

नेता प्रधानले सङ्घीयता कार्यान्वयन फितलो रहेको बताउँदै आफू बागमती प्रदेश सभापति भएमा सङ्घीयताको संस्थागत विकासका लागि काम गर्ने उल्लेख गरे । ‘सङ्घीय संरचनाअन्तर्गत संविधानमा तीन तहको व्यवस्था गरेको छ, पार्टीको तीन तहको संरचना बनेको छ, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्यो भने एउटा पहिचान बन्छ’, उनले भने । उनले प्रदेशभित्रका सबै जिल्लासँग समन्वय गरी बागमती प्रदेशलाई नमूना प्रदेश बनाउने आफ्नो आशय रहेको बताए।

प्रतिक्रिया दिनुहोस