२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्त चन्दनको तेल अवैध कारोबारमा संलग्न १० जना पक्राउ

अ+ अ-

काठमाडौँ। रक्त चन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई पक्राउ गरिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार ३३ लिटर रक्त चन्दनको सुगन्धित तेलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका–४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मङ्गल सिंह लो, टोखा ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने बनेपा नगरपालिका–४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, महाराजगन्ज बस्ने खोटाङ हलेसी नगरपालिका–६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, चाबहिल बस्ने खोटाङ हलेसी नगरपालिका–९ घर भएका २० वर्षीय जीवन थापा, सामाखुसी बस्ने तनहुँ भानु नगरपालिका–६ घर भएका २५ वर्षीय सुदिप थडराई, छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौँ महानगरपालिका–८ तिलगंगामा रक्त चन्दनको तेल प्रतिलिटर ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस