१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गमको पीडा : डोल्पामा सधैँ हवाई टिकटकै सास्ती

अ+ अ-

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडौँतर्फ लागिन् ।

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पुर्‍याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्‍यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएपछि नेपालगन्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे ।

गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुपर्‍यो । डाँगीले भने, ‘चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।’

बिहान ४ बजेदेखि नै विमानस्थलको मूल ढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरु राति जाग्राम बस्छन् । ‘उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन’, समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, ‘हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौँ ।’

शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठुलै युद्ध जितेझैँ हुने यात्रु बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगन्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताए । उनले भने, ‘सडकमार्ग राम्रो भएको भए सायद हवाईमार्गमा यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्थासमेत राम्रो छैन ।’

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगन्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगन्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महँगो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, ‘टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरुलाई नै पठाउनुपर्छ ।’

डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक/एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झन्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन ।

सडक स्तरोन्नतिको ढिलाइले हवाईमार्ग रोजाइ

जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि अझै पूरा भएको छैन ।

सडकखण्डको बीचमा रहेका झन्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।

सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन ।

रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस