२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशनः चुनावी दौडमा अधिकांश युवा

अ+ अ-

बलेवा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ ।

बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएकाले मतदानबाट नै नेतृत्व टुङ्गो लाग्ने निर्वाचन समितिले जनाएको छ ।

यही मङ्सिर ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १० गतेका लागि तोकिएको जिल्ला अधिवेशनको तयारी पनि तीव्र रुपमा भइरहेको छ । जिल्ला सभापतिमा महाधिवेशन प्रतिनिधि जित्नुपर्ने बाध्यात्मक वैधानिक व्यवस्था भएकाले उम्मेदवारको टुङ्गो हालसम्म लाग्न सकेको छैन ।

बागलुङका क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यमा युवाको वर्चश्व कायम हुने पक्कापक्की छ । दुई प्यानलमा विभाजन भएका कार्यकतामध्ये उम्मेदवारी दिने अधिकांश युवा छन् । पाको पुस्ताका केही नेता मात्रै महाधिवेशन दौडमा छन् । ‘हामी युवा अब राजनीतिका लागि योग्य भयौँ र त उम्मेदवारी दिएका छौँ’, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको दिनेश सापकोटाले भने, ‘पार्टी पुनःनिर्माण आवश्यक छ, जसका लागि युवा नेतृत्व अपरिहार्य छ ।’ उनले पार्टी पुनःनिर्माण प्रस्ताव तथा प्रबुद्ध समाजवादको घोषणापत्र नै तयार गरेर पार्टीको महाधिवेशनमा लागेका छन् ।

नेपाल विद्यार्थी सङ्घका नेता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी अहिले पनि महाधिवेशन प्रतिनिधिको दौडमा छन् । युवाको नेतृत्व स्थापित गराउन लागि परेका सुवेदीले बागलुङका सबै वडामा युवालाई नेतृत्व पङ्क्तिमा ल्याउन सफल भएको दाबी गरे । ‘जिल्ला, प्रदेश र केन्द्रसम्म नै युवाको हातमा नेतृत्व ल्याउनका लागि अहिले प्रतिनिधि छनोटमा ध्यान पुर्याउनुपर्छ’, उनले भने, ‘हामीले प्यानलकै कुरा गर्दा पनि युवाको सहभागिता उत्साहजनक छ ।’

प्रदेश क्षेत्रीय सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको सदस्यका लागि धेरै युवाले आकाङ्क्षा देखाएका छन् । ‘५० प्रतिशतभन्दा धेरै युवा उम्मेदवार छन्, त्यो पनि ४० वर्ष नकटेका छन्’, नेविसङ्घका नेता तथा महाधिवेशन प्रतिनिधिका प्रत्यासी विष्णुप्रसाद शर्मा ‘दारी’ले भने, ‘समावेशीमा पनि युवा नै धेरै छन् ।’ महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षा राखेकामध्ये अधिकांश युवाले चुनाव जित्ने उनले दाबी गरे ।

बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रमा युवा उम्मेदवार रहेको उनले जानकारी दिए ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुने युवाको सङ्ख्या उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस