२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस अधिवेशन : सुर्खेतका नौ वटै स्थानीय तहमा नेतृत्व चयन

अ+ अ-

कर्णाली । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ ।

नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो ।

बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशन लगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदै छ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन् ।

काँग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगङ्गा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् ।

त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित भएका हुन् ।

गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई काँग्रेस नेताहरुले विशेष महत्त्व दिएका थिए ।

यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उनका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस