२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयात घटाउन र निर्यात बढाउन सरकारले पहल गर्नुपर्छः उपाध्यक्ष ढकाल

अ+ अ-

झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर र विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा झापाको विर्तामोडमा आज आयोजित दशौं कर दिवस कार्यक्रममा उनले साना करदातालाईसमेत समेटेर अघि बढ्नसके मात्र राजस्वमा सुधार आउने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली वस्तु उत्पादन गरेर सकेसम्म बढी निर्यात गर्ने र आयात घटाउने हो भने पनि राजस्वमा उलेख्य वृद्धि हुने बताउँदै आन्तरिक उद्योग बढाउन र धेरैभन्दा धेरै मानिसलाई करको दायरामा ल्याउन फराकिलो नीति अवलम्बन गर्न सरकारसँग माग गरे ।

आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एण्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् ।

त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस