२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनः निर्माण कार्यको शिलान्यास

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनः निर्माण कार्यको शिलान्यास गरेकी छन्। आज बिहान उनले मन्दिर पुनः निर्माणको आरम्भ गरेकी हुन् ।

तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनः निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनः निर्माण कार्य सम्पन्न गरिनेछ ।’ मन्दिर गोर्खा भूकम्पले भत्काएको थियो ।

करिब ३८८ वर्ष पहिले पुनः निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘जीवन संस्कृतिसँग जोडिएको छ, पुनः निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।’

कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।’

पुनः निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रद्धालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्‍याउन अपिल गरिन् । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताइन् ।

मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार मन्दिर पुनः निर्माण गत भदौ ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस