१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रियामा खोप नलगाएका नागरिक केन्द्रित राष्ट्रव्यापी लकडाउन

अ+ अ-

बर्लिन । अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।

सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न कठिन हुने बताएका छन् ।

‘जनताको सुरक्षा गर्नु अष्ट्रियाको सरकारको रूपमा हाम्रो काम हो,’ चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले आइतबार भियनामा पत्रकारहरूसँग भनेका छन्, ‘त्यसैले सोमबारदेखि खोप नभएकाहरूका लागि लकडाउन हुनेछ ।’

करिब ९० लाख जनसङ्ख्या भएको अल्पाइन देशमा लकडाउनले लगभग बीस लाख मानिसहरूलाई असर गरेको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् ।

खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो ९४१,६६०० सम्म जरिवाना गर्न सकिने छ ।

अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका मध्ये एक देश हो । यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतमा मात्र पूर्णरूपमा खोप लगाइएको छ ।

पछिल्लो समय बढ्दो सङ्क्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ । यसैबीच आइतबार ११,५५२ सङ्क्रमणका नयाँ बिरामीहरू भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस