दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल


२३ कार्तिक २०७८, मंगलबार


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो ।

मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ ।

पुल निर्माण नहँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए ।

नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए ।

‘पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ’, उनले भने, ‘गाउँका बासिन्दा बिरामी परे एम्बुलेन्ससमेत ल्याउन सकिने अवस्था थिएन । पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन ।’

उनका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जालसमेत जोडिएको छ । कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस