२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जपि दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

अ+ अ-

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक सुनार गाडी मालिक हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ बस्ने ३० वर्र्षीया पार्वती वली, सल्यान कालीमाटी– ३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका– २ बगाले बस्ने २३ वर्र्षाया पवित्रा ओली, उनका छोरा तीन वर्षीय दिनेश ओली, कालीमाटी– ३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई– २ बस्ने ३२ वर्षीया कमला बस्नेत रहेका छन् ।

त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उनका छोरी १५ वर्षीया सङ्गिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुुुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उनका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस