२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत

अ+ अ-

फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीशले आफैँ गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता महतले आज ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताए । प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उनले बताए ।

सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गर्न सफल भएको उनले बताए । आज ताप्लेजुङमा पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गठबन्धन सरकारले गरेको कामको बारेमा उनले प्रष्ट्याएका हुन् ।

उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गरेको र असंवैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्तिलगायतका क्रियाकलाप नियन्त्रण गर्न सरकार सफल हुँदै गएको छ । परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उनले बताए ।

सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताए । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नु परे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने उनले ठोकुवा गरे । आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गरे । कांग्रेस नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज बिहान दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा नेपाली कांग्रेसका पार्टी कार्यकर्तासँग भेटघाट गुरेका हुन् ।

प्रतिक्रिया दिनुहोस