१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस दिन खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत

अ+ अ-

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक समारोहका बीच पुरस्कृत गरेको हो । सम्मानित हुनेमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृत्तिविकासमा सहयोग पुग्ने गरी पुरस्कार दिइएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानूनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पुरस्कृत हुने ट्राफिक प्रहरीले पक्राउ गरेका ३२ चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको उनले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शुद्धीकरणको अभियानलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी निर्वाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप सशक्त भई कर्तव्य पालनामा अग्रसर हुन आग्रह गरे । गत वर्ष प्रलोभनमा पार्न खोज्ने १६६ सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ११३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । चालु आवको छ महिनामा १०९ चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस