२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

अ+ अ-

काठमाडौँ । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ ।

कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।

सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए । उनले भने, ‘हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।’

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्को वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताए । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उनले बताए ।

नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उनले बताए ।

कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।

त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौँ उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको सङ्ख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस