२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागे : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताए ।

‘संविधानको सकारात्मक विषय तथा सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउनेलगायत काम गत सरकारले गर्यो’, उनले भने, ‘विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू मुलुक परिवर्तनसँगै संविधान बनेपछि सुध्रिए होलान् भनेको, तर सुध्रिएनन् ।’

परिवर्तन देख्न नचाहने शक्ति सलबलाइरहेको भन्दै उनले परिवर्तनका लागि लडेका राजनीतिक दल र नेतृत्व ढुक्कसँग बस्न नहुने बताए । राजनीतिक परिवर्तनमा कर्मचारीको संयन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनको रक्षाका लागि चनाखो भएर बस्न आग्रह गरे ।

अघिल्ला सरकारले रोकेका सबै विधेयक गठबन्धन सरकारले अगाडि बढाउने जानकारी दिँदै अध्यक्ष दाहालले सरकारले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताए । ‘समितिबाट पारित भएर आएका विधेयक तत्कालीन प्रधानमन्त्रीले रोकेर राखे, हामी ती सबैलाई अगाडि बढाउनेछौँ’, उनले भने।

सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन कसरी गराउने भन्नेमा राजनीतिक दलबीच छलफल शुरु भएको उल्लेख गर्दै उनले भने, ‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुःख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेशअनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ, पहिला स्थानीय तह र त्यसपछि सङ्घको निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी बौद्धिक वर्ग भएकाले जनताको पक्षमा निर्धक्क भएर काम गर्नुपर्ने बताइन् । त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौँ विशेषाङ्क विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस