२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

हिजो (आइतबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारसँग समन्वय गरेर पीडितको पुनः व्यवस्थापन गर्ने बताए ।

प्रदेशलाई नै प्राकृतिक प्रकोपग्रस्त क्षेत्र घोषणा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेकाले यस विषयमा थप पहल चाल्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बाढीपहिराले बझाङमा सबैभन्दा बढी क्षति गरेकाले सरकार आफैँ उपस्थित भएर तत्कालका उद्धार तथा राहतलगायत कार्यमा जुटेको स्मरण गरे ।

माओवादी केन्द्र बझाङ सम्बद्ध नेता तथा प्रदेश सभासद्को टोलीले प्रदेश सरकारसँग बझाङलाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गरी प्रभावित स्थानीय बासिन्दाको पुनः व्यवस्था गर्न माग गरेको छ ।

प्रतिनिधिमण्डलमा माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्ल थापा, शान्ति विकलगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस