२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात विभागको लाचारी, लाइसेन्स आवेदन खुलेको तीन दिनमै बन्द !

अ+ अ-

काठमाडौँ । झन्डै आधा वर्षपछि गत सोमबारबाट खुलेको खुलेको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन तीन दिनमै बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरेको सूचना टाँस गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’

त्यसो त अनलाइन प्रणाली केही निकायहरूका लागि मागी खाने भाँडो तथा दुहुनो गाई बन्दै आएको छ । विश्व बजार प्रविधिमय भईरहँदा नेपालमा प्रधानमन्त्रीले नै घोषित स्मार्ट नेपालको नारा दिई रहँदा यातायात व्यवस्था विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्र यसैलाई कमाई खाने भाँडो बनाउँदै आएका छन् । अरु समयमा पनि यातायात कार्यालयहरुमा पुग्ने जो कोहीले झेल्दै आएको समस्या हो सर्भर । छिनछिनमा गईरहने सर्भरले आम सेवाग्राहीले त दुःख पाएका छन् नै यसैका नाममा यातायात कार्यालय हुँदै केही उच्च पदस्थैहरुले आफ्नो दुनो सोझ्याउँदै आएको विभागकै एक अधिकारी बताउँछन् ।

लाखौँ व्यक्तिहरू जोडिने यातायात विभागको अनलाइन विग्रने समस्या नौलो नभए पनि अनेक बहाना तथा केन्द्रलाई देखाउँदै पन्छिँदै र गैर जिम्मेवार बन्दै आएको छ भने केन्द्रले सिंहदरवारभित्रैसमेत सरकारी इमेलसमेत चलाउन सकिरहेको छैन । यसैका नाममा सरकारले करोडौँ रुपैयाँ वर्षेनी खर्च गर्दै आएको छ तर नतिजा भने यस्तो छ ।

आम नागरिक तथा सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवाहरूमा हुने गरेको खेलाँची बन्द नगरेसम्म जुनसुकै सरकारले जतिसुकै राम्रा काम गरेपनि आलोचना खेपिरहनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस