२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ वर्षमाथिका बालबालिकालाई छठपछि खोप लगाउने तयारी

अ+ अ-

काठमाडौँ । कोभ्याक्स सुविधामार्फत आएको कोरोनाविरुद्धको एक लाख डोज फाइजर खोप १२ वर्षभन्दा माथिको उमेर समूहका दीर्घ रोगीलाई लगाइने भएको छ ।

देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छठ पर्वपछि खोप लगाउन सुरु गरिने छ । १२ वर्षदेखि १८ वर्षसम्मको उमेर समूहका बालबालिका तथा किशोर–किशोरी र दीर्घ रोगीका लागि खोप लगाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बालबालिकाका लागि आवश्यक कोरोनाविरुद्धको फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडी बढाइ सकेको छ । मन्त्रालयका अनुसार फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रियामा छ । सन् २०२१ को अन्त्य वा २०२२ को सुरुवातमै उक्त खोप ल्याउने गरी प्रक्रिया अघि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै मोर्डनाको ४० लाख डोज खोपका लागि पनि विश्व बैङ्कद्वारा भुक्तानी सम्झौता भइसकेको प्रवक्ता पौडेलले बताए । दुई वटा खोप क्रमशः आउने क्रममा रहको र लगाउनका लागि पनि सरकारको तर्फबाट आवश्यक तयारी भइरहेको छ ।

गाभी र युनिसेफको सहयोगमा ल्याउन लागिएको खोप माइनस ८० डिग्री सेल्सियसमा राख्नु पर्ने भएकाले खोपको भण्डारणका लागि पनि व्यवस्थापन मिलाइएको मन्त्रालयका प्रवक्ता पौडेलले बताए । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बालबालिकाका लागि ल्याउन लागिएको खोप माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्छ ।

सोमबार बिहान नेपाल ल्याइएको एक लाख ६२० डोज फाइजर खोप पनि टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । यसरी भण्डारण गरिएको खोप २ देखि ८ डिग्री सेल्सियसमा एक महिना भित्रै प्रयोग गर्न सकिन्छ ।

नेपालमा कुल कोरोना सङ्क्रमितको ९ प्रतिशत १८ वर्ष मुनीका बालबालिका र किशोर–किशोरी सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार १२ देखि १८ वर्षको उमेर समूहको जनसङ्ख्या करिब ३० लाख रहेको छ । यसै गरी ६ देखि १२ वर्ष उमेर समूहको जनसङ्ख्या पनि करिब ३० लाख रहेको छ । बालबालिकाका लागि प्रयोग हुने खोप दुई डोज नै लगाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

फाइजर र मोर्डनाको खोप अन्तर्राष्ट्रियस्तरमै प्रभावकारी मानिएकाले ढुक्क भएर लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस