२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अङ्कले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर रु छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२।२, विकास बैंक १८५.८३, जलविद्युत् १२३.५९, वित्त १३६.६६, निर्जीवन बीमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बीमा ४९९.९८, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.९१ अङ्कले बढेको छ ।

कारोबारका आधारमा कामना सेवा विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ७४ लाख ५७ हजार ७४६ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३४ करोड ७८ लाख ७७ हजार, एनआइसी एशिया बैंक रु २४ करोड ५५ लाख १५ हजार ३६०, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड ७३ लाख १८ हजार र अपि पावर कम्पनी रु १३ करोड ७० लाख ३६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार विभिन्न ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा वेष्ट फाइनान्स कम्पनी, ङादी ग्रुप अफ पावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरलगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै साना किसान विकास बैंक दुई, सानिमा बैंकको ऋणपत्र १.९६, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र १.९४, सिटिजन म्युचुअल फण्ड ०.९९ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले गुमाए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५१ अर्ब ४६ करोड ७८ लाख ९९ हजार ३२ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस