२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

अ+ अ-

गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् ।

तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरीकल्चर एशोसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताए ।

‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट आयातित फूल भन्दा पनि सकेसम्म स्थानीय उत्पादनकै प्रयोग गर्ने क्रम बढेका कारण तिहारका लागि बजारमा यहीँ उत्पादित फूल बढी माग हुने गरेको छ’, उनले भने, यसवर्ष मागको झण्डै ८० प्रतिशत फूल पोखरा र आसपासमा नै उत्पादन भएको छ ।’

परनिर्भरताकै कारण समयसमयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकिर्षत बन्दै गएका छन् । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फूल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।

यसवर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दसैँलगत्तै परेको पानीले केही क्षति पुर्याएको जनाउँदै उनले समयक्रम मिलाएर नलगाउदा पनि कतिपय स्थानका किसान समस्यामा परेको बताए । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वीचोकका सूचना अधिकारी रुपा दाहालले जानकारी दिए ।

कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत स्थानमा फूलको व्यावसायिकखेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको रामै्र खपत हुने गर्दछ ।

फ्लोरीकल्चर एशोसिएशन कास्कीमा हाल ३५ व्यवसायी आवद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिए । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एशोसिएशनमा आबद्ध भई व्यवसायी क्रियाशील बनेका हुन् ।

पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५०सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका फूलको व्यवसायीक खेती हुँदै आएको छ ।

पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एशोसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यतः सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्र मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस