२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताएका छन् ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भने, ‘सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।’ सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उनको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उनले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताए । उनले भने, ‘हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।’

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिए ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमा सरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस