काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ ।