२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा भत्ता वितरण भएन

अ+ अ-

बलेवा । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् । ‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भनिन्, ‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ ।’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन् ।

नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पुर्‍याउँदै होला’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको छ । दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीनै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भत्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दशैं अघिनै सबैले भत्ता पाउनेगरी यही असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । बैंक तथा बित्तिय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुइ दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैंक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस