१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

अ+ अ-

गलकोट ।आठ दिनको हिँडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दसैँमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।

यस पटकको दसैँमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरे पनि यस पटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्ग्रा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुई देखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको सङ्ख्या घटेर पाँच/सात सयमा झरेको छ ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।

‘मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ’ उनले भने ‘च्याङ्ग्रीलाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिँडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मूल्य छोइ नसक्नु हुने छ ।’ मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउँदै छन्।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु. एक हजार ८०० कारोबार सुरु भएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ ।

अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुने भए पनि वडा दसैँमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।

प्रतिक्रिया दिनुहोस