२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेल्लोकमा दश शय्या अस्पताल बन्दै

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।

गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो ।

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार केही दिन अघिदेखि निर्माण कार्य सुरु भएकामा हालसम्म भवन निर्माण गर्ने ठाउँको जग्गा सम्याउने काम करिब सम्पन्न भएको छ । निर्माण कम्पनीले कामलाई निरन्तरता दिइरहेका पनि घिमिरेले बताए ।

दश शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शव गृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए ।

अस्पतालले सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामाङ्खे, खेबाङ, सुरुम्खिमलगायत पूर्व क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ ।

उक्त अस्पताल भवनसहितका संरचना रु १५ करोड ८५ लाख बराबरको लागतमा निर्माण हुने पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु १० करोड ८६ लाख र बाँकी गाउँपालिकाको बजेट रहेको छ ।

अस्पतालका संरचना १३ रोपनी क्षेत्रफल बराबरमा निर्माण हुने र सो जग्गा तेल्लोकका स्थानीय दामोदर भट्टराई र उनका परिवारले निःशुल्क उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस