२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले सर्तसहित उद्योगलाई थप विद्युत् उपलब्ध गराउने

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी खपत हुने साँझ र बिहानको समयमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

मुलुकभित्र उत्पादित विद्युत् वर्षायाममा खेर जाने अवस्था आएपछि प्राधिकरणले अल्पकालीन योजनाअन्तर्गत साँझ र बिहानको समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध गराउने जनाएको हो ।

प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परे तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गरे ।

उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महसुल सस्तो छ ।

‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागे जति विद्युत् दिन सकिरहेका छैनौँ भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ’, घिसिङले भने, ‘यस्तो अवस्था अन्त्यका लागि एउटारदुईवटा ट्रान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेर मात्रै हुँदैनस् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदै छौँ ।’

उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए । ‘हाम्रो दैनिक माग दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ’, उनले भने ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरू पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठुला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस