२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीबाट स्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट हिजो (शुक्रबार) प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।

रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका–५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले संयुक्तरूपमा जलेश्वर–८ स्थित बजराही गाउँको भित्री सडकमा जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका हुन् ।

हिजो (शुक्रबार) पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस