२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

अ+ अ-

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्रको बिर्ताबजारमा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्घाटन गरेका छन् । फर्मालिन प्रयोग गरेर हप्तौँपछि नेपाल भित्र्याइएका भारतीय मरेका माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो आएसँगै जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए ।

सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएको उनले जानकारी दिए । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्वारियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । उनीहरुले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनीसमेत स्थापना गरी माछाको दाना पनि बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस