२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा चाडपर्व विशेष योजना लागू

अ+ अ-

चितवन । चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ ।

योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा हुन सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै सादा पोसाकका तथा बर्दीका प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले लामो दूरीका सवारी साधनमा हुने लुटपाट, चोरी र बढी भाडा लिने समस्या समाधानमा आउने कार्यालयले विश्वास लिएको उनले जानकारी दिए ।

यस्तै योजना कार्यान्वयनका क्रममा ६९ युनिटले आवश्यकताअनुसार आकस्मिक चेकजाँच, पिकेट कार्यक्षेत्रमा कडाइ, क्युआरटी टोलीलाई थप तथा परिचालन, आपराधिक घटना हुने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन लगायत काम भइरहेका छन् ।

थापाका अनुसार बाटो अवरोध भएमा खुलाउन स्ट्राइकिङ टोली र आवश्यक सहयोगका लागि मौजुदा टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।

यस कार्यका लागि जिल्लामा रहेका ७३७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाका कार्यक्रम नियमित हुने कार्यक्रमभन्दा फरक रहेको उनको भनाइ छ ।

चाडपर्वमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै जिल्लाका ३० स्थानमा चौबिसै घण्टा विशेष टोली परिचालन गरिएको उनले जानकारी दिए।

यस्तै चाडपर्वको समयमा अस्वाभाविक रुपमा हुने मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमनलगायतका काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस