राष्ट्रपतिलाई हटाउन माग गर्दै ब्राजिलमा हजारौँ मानिसद्वारा प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिलाई हटाउन माग गर्दै ब्राजिलमा हजारौँ मानिसद्वारा प्रदर्शन


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

देशमा चुनाव हुनु ठिक एक वर्षअघि विपक्षी दलहरू र ट्रेड युनियनहरूले विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।

ब्राजिलका धेरै नागरिक महामारी व्यवस्थापनसम्बन्धी राष्ट्रपतिको भूमिकाप्रति आक्रोशित छन् । ब्राजिलमा कोभिड–१९ महामारीका कारण ६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

शनिबार देशका १६० भन्दा बढी सहर तथा नगरहरूमा प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले बोल्सोनारोको निष्कासनको माग गरेका थिए ।

ब्राजिलको संसद्मा बोल्सोनारोलाई महाअभियोग लगाउन १०० भन्दा बढी प्रस्तावहरू दर्ता गरिएका छन् । तर, यसका नेताले ती प्रस्तावहरूलाई अघि बढाउन अस्वीकार गरेका छन् ।

बोल्सोनारो हालैको जनमत सर्वेक्षणमा पछाडि परिरहेका छन् । एटलस इन्स्टिट्युटले गरेको एक जनमत सर्वेक्षणअनुसार ६१ प्रतिशतभन्दा बढीले उनको सरकारको प्रदर्शन खराब वा धेरै खराब भएको बताएका छन् । जबकि, उनले पहिलो पटक सन् २०१९ जनवरीमा पदभार ग्रहण गर्दा यस्तो प्रतिक्रिया दिने २३ प्रतिशत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस