१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्।

आज (शुक्रबार) देखि ललितपुरको गोदावरीमा सुरु भएको एमाले विधान महाधिवेशनमा आफ्नो मागको विषयमा पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै नेता साहले आफू सहभागी नहुने निर्णय लिएको बताएका हुन्।

म विधान महाधिवेशनमा सहभागी हुँदिनँ, साहले भने, हिजो अन्तिम अवस्थामा पनि हाम्रो छलफल चलेको थियो। खासै कुरो टुङ्गोमा पुग्न सकेन। हतार हतारमा निष्कर्षमा पुग्न सकेनौँ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपा दुई पक्षमा विभाजित थियो।

सुरुवातमा ओलीको कदमको विरोध गरेका साह पछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग असन्तुष्ट भएका थिए। लगत्तै उनी ओली मन्त्रिपरिषद्को सदस्य बनेका थिए।

केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए।

‘जनताको जनवाद मान्ने कुरा भएको थियो। अहिले फेरि जनताको बहुदलीय जनवादमा फर्कने कुरा भएको छ। यो हामीलाई स्वीकार्य छैन। यसअघिको चुनावमा हामीले जनताको जनवादका लागि भोट मागेका थियौँ’, उनले अगाडि भने,‘एमाले नेकपा बनेको दुई वटा धारबाट हो। एउटा एमालेबाट र माओवादीबाट एमाले र माओवादी पार्टी मिलेर बनिसकेको पार्टी फेरि २०७२ सालमा फर्कन कसरी मिल्छ ?’

ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। ओलीले आफूलाई दिएको बचनबाट पछि हट्दै धोका दिएको बुझाइमा साह छन्। एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस